Welcome
Every thing is real and also every thing is unreal, it depends on what you see and what you feel.
Explore front and back cover
An exploration of sacred places, spiritual wisdom, and the inner journey of self-discovery through the lens of Nepal's rich spiritual heritage.
Reviews and blessings from respected figures
युवा लेखक श्री ईश्वर नगरकोटीको प्रकाशोन्मुख यो आध्यात्मिक पुस्तकका केही पानाहरु मैले पढ्ने अवसर पाएँ । मैले लेखकलाई आध्यात्मिक खोजी र साहसिक आध्यात्मिक यात्री भएको पाएँ। आजको नेपालमा उहाँका उमेरका आध्यात्मिक लेखकहरु सामान्यतय: भेटिदैनन् । उहाँको आध्यात्मिक जिज्ञासा र खोज देखेर म हर्षित छु । प्रकाशन पश्चात यो पुस्तकले धेरै पाठक हरुको हृदयमा गोसाइकृण्ड, मुक्तिनाथ जस्ता उर्जाक्षेत्रहरुको यात्रा गर्ने कर्जा र हौसला प्रदान गर्नेछ। यो पुस्तक मुमुक्ष पाठकहरुको हातमा शिघ्र पुगोस् र लेखकको आध्यात्मिक अभिप्सा र खोजले आफनो गन्तव्य भेट्टाओस् । यही शुभकामना सहित । सर्व मंगलम् भवतु ।
बधाइ छ पुस्तक लेखनको लागि। सिर्जनशीलता मान्छे हुनुको पहिचान हो । तपाईको यस कृतिले व्यक्तिगत ईश्वरलाई पब्लिक ईश्वरमा रुपान्तरित गरेको छ । अब उप्रान्त यस पुस्तकका पाठकले तपाईबाट यो भन्दा परिमार्जित साहित्यको आशा गर्नेछ । अत: तपाईको काँधमा सुखद जिम्मेवारी थपिएको छ। आदरणीय भोले माँ संगको प्रसाद स्वरुप यो धार्मिक पुस्तक प्रकाशमा आएको छ, अत: माताजीले पनि अब थप भक्तहरुको दिलमा बास पाउने पक्का छ। बस्नै कममा सेरो विनस सुझाव छ - गुर्डिजएफको Meeting with Remarkable Man, पल बन्टनको Search in A Secret India, परहंश योगानन्दको आत्मकथाजस्ता पुस्तक खोजीखोजी पढ्नुहोला ।